नियम २४
बन्दीप्रत्यक्षीकरणको निवेदनपत्र
(१) ऐनको दफा ७ को उपदफा (२) बमोजिम दिइने बन्दीप्रत्यक्षीकरणको निवेदनपत्रमा सम्भव भएसम्म देहायका कुराहरू स्पष्टरूपले खुलाएको हुनु पर्नेछ-

(क बन्दीलाई कसले वा कहिलेदेखि र कुन परिबन्दबाट बन्दी बनाएको हो? (ख) बन्दीलाई अन्न पानी बन्द गरिएको छ छैन? (ग) बन्दीलाई कुन स्थानमा थुनामा राखिएको हो? (घ) थुनाको सम्बन्धमा पहिले वा अन्य कुनै अदालतमा निवेदन दिएको छ छैन? भए त्यसको परिणामके भएको छ? (२) उपनियम (१) अन्तर्गतको निवेदनपत्रमा बन्दीको सहीछाप परेको हुनुपर्नेछ । तर बन्दीले सहीछाप गर्न नसक्ने कारण भएमा अन्य कुनै व्यक्तिले निजको हकमा निवेदनपत्र दिनसक्नेछ ।